नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको १९ औं स्थापना दिवस: शैक्षिक सामग्री हस्तान्तरण

पाेखरा | पुस २८, २०८१

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको १९ औं स्थापना दिवस: शैक्षिक सामग्री हस्तान्तरण

पोखरा:  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १९ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । 

 

पोखरा पुस्तक तथा स्टेशनरी संघले सामाजिक उत्तरदायित्व अन्तरगत पोखरा–१६ स्थित दिव्यज्योती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक समाग्री सहयोग गरेको हो ।

 

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यार्थीहरूको पठनपाठनलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 

उनले यस्ता कार्यक्रमहरूलाई अझ निरन्तरता दिनुपर्नेमासमेत जोड दिए ।

 

यस्तै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पोखरेलले महासङ्घको उद्देश्य, भूमिका, र समाजमा यसले पु¥याउँदै आएको योगदानबारे चर्चा गरे । 

 

सोही कार्यक्रमकाबीच विद्यालयको पुस्तकालयलाई समृद्ध बनाउन पुस्तकहरूसमेत उपलब्ध गराएको पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी  संघका अध्यक्ष गोविन्द गौतमले जानकारी दिए ।

 

उक्त सामग्रीको अभाव झेलीरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पु¥याउने विश्वास व्यक्त गरे ।

 

अध्यक्ष गौतमले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यसहित सहयोग गरेको बताउदै उक्त कार्यले प्रेरणादायक भूमिका खेल्ने उल्लेख गरे ।

 

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सूर्य मोहन आचार्य, विद्यालयकी प्राचार्य लक्ष्मी खनाल, गोपाल गिरी, नन्दा गुरुङ, छविलाल आचार्य लागायतले बोलका थिए ।

 

पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी  संघका अध्यक्ष गोविन्द गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरा पुस्तक तथा स्टेशनरी संघका उपाध्यक्ष ध्रुव पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, सचिव राम सुवेदीले कार्यक्रमको संचालन गरेका थिए ।


 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्